एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने « Khabarhub

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १२ : ०७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख