श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो « Khabarhub

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन्।

बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने, ‘म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु। सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ।’

‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतवानी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ।’

‘विदेश पठाउने भन्दै ठगहरुले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरुलाई ठग्न दिइने छैन’, मन्त्री श्रेष्ठले भने, ‘कतिपय ठगेर विदेशमा गएर बस्ने गरेका छन्, हामीले त्यस्ता ठगलाई जहाँ भए पनि ल्याएर कारवाही गर्छौं।’ उनले ठगहरुविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरुलाई स्वदेशमा ल्याउन लागेको जनाए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यो कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज थियो। शाखा संचालनमा आए पछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।र श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन्। कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ।

भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने गरी लाग्ने बताए। विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायाणी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ।

शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जानकारी दिएको छ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्