तीन वर्षमा बेँसीसहर बालमैत्री नगर बन्ने « Khabarhub

तीन वर्षमा बेँसीसहर बालमैत्री नगर बन्ने


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् । 

नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन वर्षमा बालमैत्री वडा घोषणाको आवश्यक सूचक पूरा गरी नगरपालिकाका नौवटै वडालाई बालमैत्री वडा घोषणा गरिने बताए । नगरपालिकाको १ र ६ वडालाई यसअघिनै बालमैत्री वडा घोषणा गरिएको छ । 

नगरपालिकाको समन्वयमा समाजिक विकास कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरू, नगरकार्यपालिका सदस्य, सरकारी तथा गैरसरकारी निकाय, बाल सञ्जाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकारलगायत विभिन्न सरोकारवाला निकायले बालमैत्री स्थानीय तह स्थापनाका लागि साथ र सहयोग गर्ने हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले सम्बन्धित संघसस्था, सरोकारवाला निकाय र सम्बद्ध व्यक्तिसँगको सहकार्यमा २०८२ साल असार मसान्तसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । संविधानको भाग ३, मौलिक हक, धारा ३९, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएका ५१ सूचक पुरा गरी आगामी तिन वर्ष सम्ममा बेँसीशहरलाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको हो । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ०१ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब