एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड « Khabarhub

एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको दाबी उनले गरे ।

‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिबद्धता जनाउनु भएको छ ।

कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने ।

अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिँजाइएको उनले बताए । उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबी समेत गरे ।

‘हिजोआज एउटा प्रश्न– एसपीपी हुँदैछ रे, ल सैनिक सम्झौता हुँदैछ रे, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन बिलकुल झुटो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यक्ष प्रचण्डले गरे । उनले थप स्पष्ट पारे, ‘हामी नेपालको राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १२ : ०५ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित