सयपत्री हाइड्रोपावरको आईपीओ खुला | Khabarhub Khabarhub

सयपत्री हाइड्रोपावरको आईपीओ खुला


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ)  बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।

सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये तीन लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।

यस्तै, बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाइने छ । जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । यस्तै, गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ०७ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार