आमिरको सफल हुन नसकेको प्रयास  « Khabarhub

आमिरको सफल हुन नसकेको प्रयास 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता आमिर खानलाई ‘मिस्टर पर्फेक्टनिस्ट’ पनि भन्ने गरिन्छ । उनले अभिनय गर्ने फिल्महरूमा उनको कामले चर्चा पाउने गरेको छ  । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई हेर्ने हो भने उनको फिल्मले दर्शकको मन जितेका छन् । आमिर केही वर्षयता ‘लाल सिंह चढ्ढा’ मा व्यस्त छन् । उनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन् । सन् १९९४ मा हलिउडमा टम ह्यांक्सलाई लिएर बनेको फिल्म  ‘फरेस्ट गम्प’ को यो हिन्दी रिमेक हो । ओस्कार अवार्डका आधिकांश विधामा अवार्डेड फिल्मको रिमेक गर्दा दर्शकको प्रतिक्रिया के आउला ? यो चिन्ता स्वाभाविक नै हो । 

यद्यपि आमिरलाई फिल्मका अभिनेता टमले के भन्लान् ? भन्ने चिन्ता पनि छ । हलिउड अभिनेता टमसँग निकै प्रभावित आमिरले केही समय देखि फिल्मबारे प्रतिक्रिया लिन लस एन्जल्समा एक शो आयोजना गर्ने तयारीमा छन् । उनले आफ्नो क्यारेक्टर र फिल्म टमलाई देखाउन चाहन्छन् । आमिर व्यक्तिगत रूपमा पनि टमको अभिनय र फिल्म छनौटदेखि प्रभावित हुने हुँदा उनले दर्शक अगाडि टमको प्रतिक्रिया लिने तयारी थालेका छन् । 

यद्यपि यो अझैँ पूर्ण हुन् सकेको छैन । उनले गत फेब्रुअरी देखि नै टमलाई फिल्म देखाउने कोसिस गरिरहेका छन् । यद्यपि अझैँ सफलता पाउन सकेका छैनन् । फरेस्ट गम्पसँगै क्याप्टेन फिलीप, कास्ट अ वे, द टर्मिनलजस्ता फिल्ममार्फत टमले आफ्नो अभिनत कौशलतासँगै कथा छनौटलाई प्रमाणित गरिसकेका छन् । यसैले गर्दा पनि आमीर आफ्नो फिल्म टमले हेरेर प्रतिक्रिया दिउँन् भन्नेमा छन् । तर, टमले फिल्मको लागि समय दिइसकेका छैनन् । फिल्ममा आमीरसँगै करिना कपुर, नागा चैतन्यसहित कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार