फिल्म होइन, सिरियल तर्फ प्रियंका  « Khabarhub

फिल्म होइन, सिरियल तर्फ प्रियंका 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् । उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो । मिडिया ‘फ्रेन्डली’ भएकै कारण उनका प्राय गतिविधिले समाचारमा स्थान पाउने गर्थे ।

यद्यपि उनी पति आयुष्मान डिएस जोशीसँग नजिक भए यता विस्तारै त्यो क्रम घट्दै गयो । उनलाई फिल्ममा लिएर गुनगान गाउने निर्माता र निर्देशकले उनले दिने गरेको दुखको बारेमा बोल्न थाले । विवाह पश्चात फिल्मसँग केही टाढिएकी प्रियंकाले केही समय अगाडि फिल्मको प्रचारमा समय नदिएको भन्दै आलोचना खेपिन । निर्देशक सूर्य बोहोराले प्रियंका सहित अर्की अभिनेत्री दीपिका प्रसाईँले दुःख दिएको अभिव्यक्ति मिडियामै दिए ।

तर, प्रियंकाले त्यसलाई सच्याइन् । उनले त्यसपछि रिलिज फिल्म ‘लक्का जवान’ को गतिविधिमा समय दिइन् । प्रियंका मिडिया अन्तरवार्तादेखि फिल्म रिलिज भएपछि हलमा समेत पुगिन् । यद्यपि फिल्मले दर्शकलाई रिझाउन नसक्दा उनको मेहनतको ‘फल’ देखिएन । नेपाली फिल्म क्षेत्रमा केही वर्ष एक छत्र राज गरेकी प्रियंकाले दर्शकबाट त्यही माया पाउन सकेकी छैनन् । यसबीच उनले आफ्नै कुकरी शो, वेब सिरिज पनि नबनाएकी होइनन् । यद्यपि तिनले पनि उनलाई चर्चामा ल्याउन सकेको छैन । केही समय अगाडि उनले फिल्म मेकिङमा आउने योजना पनि नबनाएकी होइनन् । यद्यपि त्यसले समेत मूर्तरूप पाउन सकेको छैन ।

प्रियंकाले फिल्म मेकिङ अन्तर्गत निर्माण तथा निर्देशनको विकल्प पनि नदेखेकी होइनन् । यद्यपि उनले त्यो आट पनि गर्न सकेकी छैनन् । आफ्नो फिल्मले केही वर्ष अगाडिसम्म गर्ने न्यनतम कलेक्सन समेत पछिल्ला फिल्मले नगरेपछि सायद उनलाई निर्णय लिन गाह्रो भएको हुनसक्छ । ‘वडा नम्बर ६’ मार्फत वृहत रुपमा दर्शकसमक्ष पुगेकी प्रियंकालाई हाँस्यकलाकारहरुकै समूहले निर्माण गरेको फिल्म ‘लक्का जवान’ ले नत चर्चा दिलायो नत सफलता नै।

यिनै प्रियंका पति आयुष्मानसँग मिलेर सिरियल तर्फ लागेकी छिन् । सोमबारबाट छायांकन सुरु भएको ‘साहु बा’ सिरियलमा प्रियंकाको मुख्य भूमिका छ भने आयुष्मान फोटोग्राफी निर्देशकको रुपमा छन् । फिल्मका कलाकारहरु सिरियलमा आउनु नराम्रो होइन । यद्यपि फिल्म मार्फत सिरियल आउँदा चर्चा राम्रै हुन्छ । त्यसो त अधिकांशले सिरियल वा सिरिज मार्फत फिल्मसम्मको यात्रा तय गर्ने गरेका छन् । सिरियलमा काम गर्नु प्रियंका र आयुष्मानको रोजाइ थियो वा बाध्यता, त्यो भने उनीहरु नै जान्दछन् । यद्यपि पछिल्लो समय प्रियका सफलताको खोजीमा रहेको प्रस्टै देखिन्छ ।

 

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ३७ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर