बाढी र पहिरोका कारण दुई जनाको मृत्यु « Khabarhub

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अविरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ ।  

खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था गद्दार गरेको थियो । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १२ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको