फाइल फोटो

राजनीति

हामीले चुनाव मात्र लडेनौँ, अधिनायकवादसँग लड्यौँ : अध्यक्ष ओली

By खबरहब

June 16, 2022

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनाव मात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् ।

काठमाडौँमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनाव मात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।

‘हामीले चुनाव मात्र लडेनौँ, अधिनायकवाद, तानासाही, दमनकारीसँग लड्नु पर्‍यो,’ ओलीले भने, ‘उनीहरूसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’

सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।