पानीफोटो टिजर सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

पानीफोटो टिजर सार्वजनिक (भिडियो)


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पानीफोटो’ को टिजर सार्वजनिक भएको छ । आउँदो साउन १३ मा प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसारलाई तीव्रता दिँदै टिमले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले संदेश समेत दिएका छन् । उनले (पानीफोटो) को कुनै अर्थ नहुने समेत बताए । ‘फोटो नेगेटिभ भन्न खोजेको हो । पानीफोटो सायद शब्द कोषमा समेत छैन होला । यो बाल्यकालमा सुनेको शब्द भएकाले त्यसलाई मैले पानीफोटो बनाएको हो । मैले यही नाममा नाटक पनि सुरु गरेँ’ खगेन्द्रले भने । 

उनले फिल्म निर्देशन गर्नु आफ्नो सपना रहेको समेत बताएका छन् । ‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको रु धेरैले सोध्नु हुन्छ । तर, एउटा फिल्म भएपनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन‘ खगेन्द्रले भिडियोमा भनेका छन् । हाइलाइट्स नेपाल मार्फत सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य पात्र चित्रण गरिएको छ । ‘फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आँउदै छौँ’ उनले भने ।

उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । 

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुने भएको छ । वितरकहरुको छलफल पश्चात साउनको डेट तय गरिएको निर्माण पक्षले जनाएका छन् । फिल्मको छायांकन काठमाण्डौसँग बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन् ।

 ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ३४ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न