व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री « Khabarhub

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित  ‘नेपाल चेम्वर एक्स्पो–२०२२’ को यहाँ आज उद्घाटन गर्दै उनले  नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जानुसमेत सरकारको प्राथमिकताको विषय रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने, ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भव हुँदैन, निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।’ व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उनको भनाइ छ ।

No description available.प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रवर्द्धनमा सहयोग पुग्नका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसतर्फ आगामी दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिए । यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बङ्गलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।  प्रधानमन्त्री देउवाले निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । 

उनले भने, ‘एक्स्पोले धेरै वस्तुलाई एकै स्थलमा व्यापार गर्ने स्थान उपलब्ध गराउने मात्र नभई उत्पादन र उपभोक्ताबीच सीधा सम्पर्क पनि गराउँछ, जसका कारण उत्पादकले बजारको मागसमेतलाई आकलन गरी व्यापार प्रवर्द्धन गर्न सक्छन् ।’ नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकास, समृद्धिका लागि सरकारलाई विभिन्न रचनात्मक सुझाव र सल्लाहसमेत प्रदान गर्दै निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न सहयोग पुर्‍याउँदै आएको जनाउँदै उनले औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिला सम्बन्धमा नीति तर्जुमादेखि कार्यान्वयनसम्म चेम्बरले सरकारलाई आवश्यक सुझाव र परामर्श  दिँदै आएको स्मरण गरे ।

नेपाल चेम्बर अफ कमर्सले सरकार, निजी क्षेत्रबीच सहकार्य र समन्वय अभिवृद्धि गर्न बलियो सेतुको काम गर्दै आइरहेको उनको भनाइ छ । प्रदर्शनीले कोभिड–१९ का कारण शिथिल भएको मुलुकको व्यापार तथा अर्थतन्त्रलाई थप गति र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक वातावरणलाई चलायमान बनाउन टेवा पुग्ने बताए ।  प्रदर्शनीका दौरानमा हुने उद्यमी–व्यवसायीबीचको अन्तक्रियाआयात–निर्यातसम्बन्धी विषयको सूचना आदान प्रदानले दुई वा सोभन्दा बढी मुलुकका उद्यमी व्यवसायीबीच व्यापारिक क्रियाकलाप सञ्चालनमा आवश्यक समन्वयसमेत गर्न सघाउ पुग्ने उनको विश्वास छ । 

उनले भने, ‘यस्ता एक्स्पोले मुलुकमा विस्तारै चलायमान बन्दै गएको पर्यटन क्षेत्रलाई थप गतिसमेत दिन मद्दत पुग्ने हुन्छ, एक्स्पोमा आउने व्यक्तिलाई नजिकका पर्यटकीय क्षेत्रमा पुर्‍याउन सकियो भने आम्दानीमा बढोत्तरी हुनुका साथै मुलुकका पर्यटकीय सम्पदाको प्रचारप्रसार भई पर्यटन प्रवर्द्धन हुने हुन्छ’ ।

नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीले प्रदर्शनीले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विशेष गरी नेपाली सिस्नोका कपडा, ढाकाका कपडालगायतका वस्तुको उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको  जानकारी दिए । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ०० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको