नदीमा खस्दा किशोरीको मृत्यु « Khabarhub

नदीमा खस्दा किशोरीको मृत्यु


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगासस्थित सेती नदीमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए । एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जीवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साँघुबाट तर्ने गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : ०९ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म