नदीमा खस्दा किशोरीको मृत्यु « Khabarhub

नदीमा खस्दा किशोरीको मृत्यु


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगासस्थित सेती नदीमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए । एक साता अगाडि एक जना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जीवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए ।

गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साँघुबाट तर्ने गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति