रनवीरको फिल्ममा शाहरुख र दीपिका पनि  « Khabarhub

रनवीरको फिल्ममा शाहरुख र दीपिका पनि 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्दो छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्ममा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर  ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ । 

फिल्ममा शाहरुख खान र दीपिका पादुकोण पनि देखिनेछन् । यी दुई स्टारको फिल्ममा केमियो रहेको छ । शाहरुखले यसअगाडि पनि करण जोहरको फिल्म ‘ए दिल है मुस्किल मा केमियो गरेका थिए । उनले पुनः एकपटक रनवीरसँग स्क्रिन सेयर गरेका हुन् । यस्तै फिल्ममा दीपिकाले रनवीरसँग स्क्रिन सेयर गरेकी छिन् । ‘तमाशा’ पश्चात उनी पुनः रनवीरसँग एकसाथ देखिनेछिन् । करणको आग्रहमा शाहरुख र दीपिकाले केमियो गर्न सहमति दिएका थिए । त्यस्तो त दीपिकाको सम्बन्ध निर्देशक आयानसँग पनि उत्तिकै सुमधुर छ ।

फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गरेकी छिन् । शिव अर्थात रनवीरको प्रेम इशा अर्थात आलियासँग बस्छ । 

उनीहरूको प्रेमसँगै शिवको अस्त्रहरूको सम्मिश्रणराक्षसहरूको लडाइँलाई फिल्ममा चित्रण गरिएको छ । निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना