ओटीटीमा आउँदै ‘भूल भुलैया २’ « Khabarhub

ओटीटीमा आउँदै ‘भूल भुलैया २’


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ केही दिनमा ओटीटीमा रिलिज हुँदैछ । हलमा राम्रो व्यापार गरेको फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा आउने भएको हो । फिल्म छिटै आउने भनिएता पनि डेट तय छैन ।

फिल्मले राम्रो व्यापार गरेकोले कार्तिक निकै उत्साहित छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका छन् । पछिल्लो समय कार्तिकले भगवानलाई विश्वास गर्ने बताएका छन् । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकि म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए ।

यद्यपि आफूले एक्लै हुँदा पनि डर महसुस नगरेको उनको भनाइ छ ।’अध्यारोमा डर फिल्म गरेको छैन । सायद मैले भगवानलाई मान्ने भएकोले होला उनले भने । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद पाएका छन् । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा बढ्दो छ ।

‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो । उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी