आउँदो वर्ष शाहरुखको कमब्याक  « Khabarhub

आउँदो वर्ष शाहरुखको कमब्याक 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठीकठाक छैन। उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो। त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा देख्न पाइने छ । यस फिल्ममा उनको केमियो मात्र रहनेछ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् । उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् । 

पठान 

सन् २०२३ को पहिलो महिना जनवरीमा फिल्म पठान रिलिज हुँदैछ । यसमा उनी शीर्ष भूमिकामा छन् ।  शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ मा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । यसैले गर्दा पनि दर्शक माझ यसको प्रतीक्षा र चर्चा बढ्दो छ । यशराज फिल्म्सको ब्यानरमा निर्मित फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् । यशराजको स्पाइ युनिभर्स क्रिएट गर्ने नीति अनुसार निर्देशक सिद्धार्थले पठानको कथा ‘टाइगर ३’ मा निरन्तरता पाउने गरि फिल्म तयार गरिरहेका छन् ।

‘स्पाइ युनिभर्स’ मा शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक यस खबरले निकै खुसी छन् । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रष्ट्याएपछि बलिउडमा पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिसकेका छन् । उनको फिल्म सिंघम, सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए ।

यी फिल्महरूको सफलता र दर्शक माझ क्रेज बढ्दो पाएको बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने तयारी गरेको हो । टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले निर्माण गरिरहेको ‘पठान’ फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

जवान 

केही समय यता भारतीय फिल्म भनेर बलिउड भन्दा पनि दक्षिणी भारतीय फिल्मलाई चिनिन्छ । बाहुबली सिरिज, केजीएफ सिरिज, आरआरआर लगायतका फिल्मले बलिउडलाई छायाँमा पारेका छन् । यसलाई नजरअन्दाज नगर्दै शाहरुखले दक्षिण भारतीय निर्देशक एटलीसँग ‘जवान’ मा काम गरिरहेका छन् । यो फिल्म थ्रिलर हुनेछ । 

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । फिल्म आउँदो वर्षको जुनमा प्रदर्शन हुनेछ ।  फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ। 

डंकी 

निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु भएसँगै फ्यान उत्साहित छन् । इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्म पन्जाबको सेटअपमा छायाङ्कन भइरहेको छ । फिल्मको लागि मुम्बई स्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ । सोसल कमेडी फिल्मको लागि शाहरुख तयार भएका छन् । केही समय यता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरूले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ५३ बजे

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष

केही घण्टाको अन्तरालमा होर्मुजको जलक्षेत्रमा तीन जहाजमाथि हमला

काठमाडौं- बुधबार केही घण्टाको अन्तरालमा होर्मुजको जलडमरुमध्यमा रहेका तीन जहाजमा

कांग्रेसका नवनिर्वाचित सांसदहरूसँग संसदीय दलको अन्तरक्रिया

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले राष्ट्रिय सभाका सदस्य र नवनिर्वाचित

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो