आउँदो वर्ष शाहरुखको कमब्याक  | Khabarhub Khabarhub

आउँदो वर्ष शाहरुखको कमब्याक 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठीकठाक छैन। उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो। त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा देख्न पाइने छ । यस फिल्ममा उनको केमियो मात्र रहनेछ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् । उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् । 

पठान 

सन् २०२३ को पहिलो महिना जनवरीमा फिल्म पठान रिलिज हुँदैछ । यसमा उनी शीर्ष भूमिकामा छन् ।  शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ मा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । यसैले गर्दा पनि दर्शक माझ यसको प्रतीक्षा र चर्चा बढ्दो छ । यशराज फिल्म्सको ब्यानरमा निर्मित फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरिरहेका छन् । यशराजको स्पाइ युनिभर्स क्रिएट गर्ने नीति अनुसार निर्देशक सिद्धार्थले पठानको कथा ‘टाइगर ३’ मा निरन्तरता पाउने गरि फिल्म तयार गरिरहेका छन् ।

‘स्पाइ युनिभर्स’ मा शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक यस खबरले निकै खुसी छन् । हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रष्ट्याएपछि बलिउडमा पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिसकेका छन् । उनको फिल्म सिंघम, सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए ।

यी फिल्महरूको सफलता र दर्शक माझ क्रेज बढ्दो पाएको बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने तयारी गरेको हो । टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले निर्माण गरिरहेको ‘पठान’ फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

जवान 

केही समय यता भारतीय फिल्म भनेर बलिउड भन्दा पनि दक्षिणी भारतीय फिल्मलाई चिनिन्छ । बाहुबली सिरिज, केजीएफ सिरिज, आरआरआर लगायतका फिल्मले बलिउडलाई छायाँमा पारेका छन् । यसलाई नजरअन्दाज नगर्दै शाहरुखले दक्षिण भारतीय निर्देशक एटलीसँग ‘जवान’ मा काम गरिरहेका छन् । यो फिल्म थ्रिलर हुनेछ । 

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । फिल्म आउँदो वर्षको जुनमा प्रदर्शन हुनेछ ।  फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ। 

डंकी 

निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु भएसँगै फ्यान उत्साहित छन् । इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्म पन्जाबको सेटअपमा छायाङ्कन भइरहेको छ । फिल्मको लागि मुम्बई स्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ । सोसल कमेडी फिल्मको लागि शाहरुख तयार भएका छन् । केही समय यता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरूले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ५३ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते