एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड « Khabarhub

एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सांसदहरूले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी) ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

 नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधीनताको विषयमा गम्भीर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्र नीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्र नीति उल्लेख रहेको उनले बताए । सन्तुलित कूटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरू कुनैले पक्षमा र अर्काको विरोधमा प्रयोग गर्न खोजेको उनको भनाइ छ । अहिले एसपिपीका कारण राष्ट्रमाथि गम्भीर खतरा हुने सांसद श्रेष्ठले बताए ।

 एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उनले बताए । पार्टी समेतले सहभागितामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ । नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्र हित केन्द्रित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिनु पर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जलि दिन नहुने उनको भनाइ छ ।

देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अवलम्बन गर्नुपर्ने र दुवै छिमेकीसँग सम निकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उनको जोड छ ।  सांसद तुलप्रसाद विश्वकर्माले एसपिपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताए । सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदै छ भनेर जनस्तरमा आक्रोश र चिन्ता रहेको बताए ।

नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय रूपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताइन् । सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधार विन्दु समाजवादको नभएको उल्लेख गरे। सांसद जयन्तीदेवी राई र विमला राई पौडेलले महोत्तरीकी पीडित युवती न्याय माग्दै काठमाडौँमा भएकाले सरकारले उनलाई बचाउनुपर्ने र अपराधीलाई कारवाहीको दायरामा ल्याउँनुपर्नेमा जोड दिए । सांसद सिंहबहादुर विश्वकर्माले कृषिजन्य उत्पादन बढाउने सरकारको लक्ष्य भए पनि नागरिकले समयमा मल नपाउँदा अपेक्षित लक्ष्य हासिल हुन नसक्ने बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : १७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा