एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड | Khabarhub Khabarhub

एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सांसदहरूले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी) ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

 नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधीनताको विषयमा गम्भीर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्र नीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्र नीति उल्लेख रहेको उनले बताए । सन्तुलित कूटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरू कुनैले पक्षमा र अर्काको विरोधमा प्रयोग गर्न खोजेको उनको भनाइ छ । अहिले एसपिपीका कारण राष्ट्रमाथि गम्भीर खतरा हुने सांसद श्रेष्ठले बताए ।

 एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उनले बताए । पार्टी समेतले सहभागितामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उनको भनाइ छ । नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्र हित केन्द्रित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिनु पर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कूटनीति अवलम्बन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जलि दिन नहुने उनको भनाइ छ ।

देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अवलम्बन गर्नुपर्ने र दुवै छिमेकीसँग सम निकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उनको जोड छ ।  सांसद तुलप्रसाद विश्वकर्माले एसपिपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताए । सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदै छ भनेर जनस्तरमा आक्रोश र चिन्ता रहेको बताए ।

नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रुस र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय रूपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताइन् । सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधार विन्दु समाजवादको नभएको उल्लेख गरे। सांसद जयन्तीदेवी राई र विमला राई पौडेलले महोत्तरीकी पीडित युवती न्याय माग्दै काठमाडौँमा भएकाले सरकारले उनलाई बचाउनुपर्ने र अपराधीलाई कारवाहीको दायरामा ल्याउँनुपर्नेमा जोड दिए । सांसद सिंहबहादुर विश्वकर्माले कृषिजन्य उत्पादन बढाउने सरकारको लक्ष्य भए पनि नागरिकले समयमा मल नपाउँदा अपेक्षित लक्ष्य हासिल हुन नसक्ने बताए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : १७ बजे

उत्तरी गोरखामा भारी हिमपात, पर्यटक प्रभावित

गोरखा– उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री

तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

सङ्खुवासभाको किमाथाङ्का केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)

वीरगञ्ज– वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस

विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै