नेप्सेमा दोहोरो अङ्कको वृद्धि, १ अर्ब १८ करोडको कारोबार « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, १ अर्ब १८ करोडको कारोबार


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अङ्कले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो ।

यस्तै, क वर्गको सेन्सेटिभ समेत ३.१० अङ्कले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । दोहोरो अङ्कले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।

 यसदिन १३ वटा उपसूचकमध्ये जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।

बिहीबार आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ४ : १८ बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७