दिव्याको गुनासो  « Khabarhub

दिव्याको गुनासो 


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा छिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो । दिव्याले केही समय अगाडि एक पुस्तक समेत निकालेकी छन् । पुस्तकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन् ।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन् । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ । मलाई उनी निकै मन पर्छ । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ,’ दिव्याले भनिन् । उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन् । ‘मलाई फिल्ममा आउन मन थियो । त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरेर गर्थे । सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने  ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन । उनले यी हिरोहरुसँग रोमान्टिक रोल गर्ने चाहना व्यक्त गरेकी थिइन् । ‘मैले साथीहरूलाई समेत यसबारे भनेकी थिएँ । तर, हेर्नुस् त फिल्ममा दुवै मेरो भाइ बने’ उनले गुनासोले भरिएको स्वरमा भनिन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ५ : ३६ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट