दिव्याको गुनासो  « Khabarhub

दिव्याको गुनासो 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा छिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो । दिव्याले केही समय अगाडि एक पुस्तक समेत निकालेकी छन् । पुस्तकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन् ।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन् । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ । मलाई उनी निकै मन पर्छ । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छुँ,’ दिव्याले भनिन् । उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन् । ‘मलाई फिल्ममा आउन मन थियो । त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेरेर गर्थे । सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने  ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन । उनले यी हिरोहरुसँग रोमान्टिक रोल गर्ने चाहना व्यक्त गरेकी थिइन् । ‘मैले साथीहरूलाई समेत यसबारे भनेकी थिएँ । तर, हेर्नुस् त फिल्ममा दुवै मेरो भाइ बने’ उनले गुनासोले भरिएको स्वरमा भनिन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : ३६ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं