केपी ओली प्रधानमन्त्री भएको बेला नै नेपालले एसपीपी सम्झौताका लागि अनुरोध गरेको खुलासा (पत्रसहित) « Khabarhub

केपी ओली प्रधानमन्त्री भएको बेला नै नेपालले एसपीपी सम्झौताका लागि अनुरोध गरेको खुलासा (पत्रसहित)


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नै नेपालले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको खुलासा भएको छ । ओली नेतृत्वको सरकारले नेपाली सेनाका माध्यमबाट अमेरिकासँग एसपीपीमा सम्झौताको माग गर्दै पत्राचार गरेको पाइएको हो ।

२७ अक्टोबर २०१५ को मितिमा लेखिएको पत्रमा नेपालस्थित तत्कालीन अमेरिकी राजदूत आलाइना बी टेप्लिजलाई पत्र लेख्दै निकट भविष्यमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोगाम स्थापना गर्नका लगि औपचारिक आग्रह गर्नु गौरवको विषय रहेको उल्लेख छ ।

त्यस्तै, यसले दुई मुलुकबीच दीर्घकालीन, दिगो र द्वपक्षीय सुरक्षा हितलाई बढाउने उल्लेख छ । यसले सैन्य कौशल, अनुभव एवम् रक्षा सम्बन्धी ज्ञानको आदानप्रदान गर्ने समेत पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई बोधार्थ गरिएको पत्रमा यसले दुई मुलुकबीच, विपद् व्यवस्थापन, पूर्वतयारी, हवाइ बन्दोबस्ती, संवेदनशील पूर्वाधार र प्रकृतिक स्रोतको सुक्षामा पनि हित गर्ने जनाइएको छ ।

ओली वि.सं. २०७२ असोज २४ गते अर्थात् ११ अक्टोबर २०१५ मा पहलो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

पत्र पठाएको मिति कार्तिक १० गतेसम्म पनि रक्षामन्त्री नियुक्त नभएका कारण त्यसबेला पनि रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीसँगै रहेको थियो ।

एसपीपीबारे अमेरिकालाई पत्राचार गर्ने समयमा नेपाली सेनामा प्रधानसेनापतिको जिम्मेवारीमा राजेन्द्र क्षेत्री रहेका थिए ।

यसअघि सेनाले अमेरिका सरकार वा सेनासँग कुनै पनि सम्झौता नगरेको र त्यसका लागि कुनै पनि प्रक्रिया नथालिएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको