बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैनः अर्थमन्त्री « Khabarhub

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैनः अर्थमन्त्री


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए ।

उनले भने, ‘अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो’।

उनले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पारे । ‘कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ’ । यस्तै, अर्थमन्त्रीले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिए । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ६ : ४२ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट