‘कोदालेले खनेको खड्डाबाट बिरुवा हुर्किन्न’ – मुख्यमन्त्री केसी « Khabarhub

‘कोदालेले खनेको खड्डाबाट बिरुवा हुर्किन्न’ – मुख्यमन्त्री केसी


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले कोदालोले खनेको खड्डाबाट बिरुवा नहुर्किने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनधामको आठौँ चुरे दिवसको अवसर वनका कर्मचारीलाई इङ्गित गदै सो कुरा बताएका हुन् ।  

‘अहिले कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्कन्न । यो कुरा जसले पनि बुझेको हो,’ बनेका कर्मचारी कोही हुनुहुन्छ की नाइँ भन्दै यता उता खोज्दै भने, ‘वन सम्बन्धी आजको पढाई त्यही होला नि १ कोदालोले खनेर वृक्षारोपण गरेर आज सम्म हुर्केको कहीँ देख्नु भा छ । ३० वर्ष भई सक्यो वृक्षरोपण गरेको ४० वर्ष भइसक्यो ।’उनले प्रदेशका नदीको किनारालाई ब्याम्वो जोन बनाउने समेत बताए ।

प्रदेश भरीका समपूर्ण नदीनालाको दायाँ-बायाँ किनारमा बास रोपेर ब्याम्वो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने उनले दाबी गरे ।  मुख्यमन्त्री केसीले बाँसको बीचमा अम्रिसो लगाउन समेत आग्रह गरेका छन् । यसरी वृक्षारोपण गर्दा तटबन्धको काम गर्ने र रोजगारी समेत सिर्जना हुने बताए । यो प्रदेश सरकारको योजना समेत रहेको स्पष्ट पारे । सो अवसरमा उनले वृक्षारोपण समेत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता ढकालले वृक्षारोपण पछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताइन् ।

चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरे पनि अपनत्व नहुँदा बिरुवा कम हुर्किएको उनले दाबी गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताएका थिए । सो अवसरमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बकाइनो, इपिलिपी लगायतका बिरुवा लगाइएको थियो ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ७ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना