भ्रष्टाचारमा संलग्न भएको भन्दै चीनमा ११ हजार भन्दा धेरै सरकारी अधिकारीमाथि कारवाही « Khabarhub

भ्रष्टाचारमा संलग्न भएको भन्दै चीनमा ११ हजार भन्दा धेरै सरकारी अधिकारीमाथि कारवाही


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भ्रष्टारचारमा संलग्न भएको भन्दै ११ हजार भन्दा धेरै सरकारी अधिकारीलाई कारवाही गरेको छ । एकै महिनामा चीनले ११ हजार ३ सय ५१ जना सरकारी अधिकारीलाई कारवाही गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको ८ बुँदे आचारसंहिता विपरीत काम गरेको भन्दै उनीहरु कारवाहीमा परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु गत अप्रिल महिनामा कारवाहीमा परेको जनाइएको छ ।

उनीहरु विभिन्न ७ हजार ४ सय ४१ भ्रष्टाचारका घटनामा संलग्न रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग तथा राष्ट्रिय सुपरीवेक्षण आयोगले जनाएको छ ।

उनीहरुमध्ये ७ हजार ६ सय ३ जनाले पार्टीगत अनुशासन वा प्रशासकीय जरिवाना व्यहोरेको जनाइएको छ । चीन सरकारले सन् २०१२ मा आठ बुँदे आचारसंहिता लागू गरेको थियो ।

आलोचकहरुले भने कम्युनिष्ट पार्टीले आफ्ना विपक्षी एवम् विरोधीरुलाई तह लगाउन यस्तो आचारसंहिताको दुरुपयोग गर्ने गरेको आरोप लगाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल