भ्रष्टाचारमा संलग्न भएको भन्दै चीनमा ११ हजार भन्दा धेरै सरकारी अधिकारीमाथि कारवाही « Khabarhub

भ्रष्टाचारमा संलग्न भएको भन्दै चीनमा ११ हजार भन्दा धेरै सरकारी अधिकारीमाथि कारवाही


२ असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भ्रष्टारचारमा संलग्न भएको भन्दै ११ हजार भन्दा धेरै सरकारी अधिकारीलाई कारवाही गरेको छ । एकै महिनामा चीनले ११ हजार ३ सय ५१ जना सरकारी अधिकारीलाई कारवाही गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको ८ बुँदे आचारसंहिता विपरीत काम गरेको भन्दै उनीहरु कारवाहीमा परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु गत अप्रिल महिनामा कारवाहीमा परेको जनाइएको छ ।

उनीहरु विभिन्न ७ हजार ४ सय ४१ भ्रष्टाचारका घटनामा संलग्न रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोग तथा राष्ट्रिय सुपरीवेक्षण आयोगले जनाएको छ ।

उनीहरुमध्ये ७ हजार ६ सय ३ जनाले पार्टीगत अनुशासन वा प्रशासकीय जरिवाना व्यहोरेको जनाइएको छ । चीन सरकारले सन् २०१२ मा आठ बुँदे आचारसंहिता लागू गरेको थियो ।

आलोचकहरुले भने कम्युनिष्ट पार्टीले आफ्ना विपक्षी एवम् विरोधीरुलाई तह लगाउन यस्तो आचारसंहिताको दुरुपयोग गर्ने गरेको आरोप लगाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : ०७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया