तिब्बतको ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु « Khabarhub

तिब्बतको ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

नियोगमा विद्युतीय राहदानी आवेदन दिएका एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’ को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको एक कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले जानकारी र्दिए ।

सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढङ्गबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताए ।

कार्यक्रममा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो । नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ । राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको पनि महावाणिज्यदूत ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : १९ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास