सिराहा– सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका-८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।
नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आम्दानी पनि बढी हुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीले नामकै लागि गाँजा खेती नष्ट गरेता पनि यस क्षेत्रमा भन्ने व्यापक गाँजा खेती हुने गरेको स्थानीयहरू बत्ताउँछन् । यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको बताइन्छ ।
प्रतिक्रिया