काठमाडौँ- अमेरिकाले स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) मा सहभागि हुन नचाहेको खण्डमा नेपालले त्यसबारे जानकारी दिएर आफ्नो सहभागिता अन्त्य गर्नसक्ने बताएको छ ।
एसपीपीबारे विवाद चुलिरहेका बेला काठमाडौंँस्थित अमेरिकी दूतावासले नेपालले जानकारी गराएर सहभागिता अन्त्य गर्नसक्ने बताएका हो ।
दूतावासका कार्यवाहक राजदूत म्यानुअल पी मिकलरले एसपीपीमा आबद्ध करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको जानकारी दिँदै कुनै पनि मुलुकले अब हामी यस कार्यक्रममा सहभागी हुन्नौँ भनी जानकारी गराएमात्र पुग्ने बताएका हुन् ।
एक प्रेस नोटमार्फत् उनले भने, ‘कुनै देशले संयुक्त राज्य अमेरिकालाई अब हामी यो कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर जानकारी मात्र दिए पुग्छ।’
उनले एसपीपीबारे नेपालले गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको भएपनि त्यस अन्तर्गत हालसम्म कुनै गतिविधि नभएको पनि स्पष्ट पारेका छन् । त्यस्ता गतिविधि नेपाल सरकारको अनुमतिमा मात्रै हुने उनको भनाइ छ ।
प्रतिक्रिया