धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक « Khabarhub

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ ।

धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली इसाई धर्मावलम्बीले हिन्दूदर्शनमा आकर्षित भएर दुवै धर्म अँगाली धार्मिक समन्वय गरेको बारेको विस्तृत वर्णन छ ।

ती सन्तमहात्माले दुःख, शून्यता, मानवता, जीवनको अर्थ र आध्यात्मिकता सम्बन्धमा गरेको विकासबारे पनि कृतिमा वर्णन गरिएको छ । धर्मको उपयोग मानव उत्थानका लागि हुनुपर्छ भन्नेमा पुस्तकमा जोड दिइएको छ । निराला पब्लिकेशन नयाँ दिल्लीबाट प्रकाशित कृति ह्वाइट लोटस बुक सप कोपुण्डोल, ललितपुरले नेपालका लागि वितरण गर्ने जिम्मा लिएको छ ।

बुक सपद्वारा आज आयोजित कार्यक्रममा कृति विमोचन गर्दै नेपालका लागि फ्रान्सेली राजदूत गिले बौरबाओेले हिन्दू, इसाईलगायत सबै धर्मको लक्ष्य मोक्ष वा मुक्ति नै भएको जनाउँदै सन्त, महात्मा र स्वामीहरू विश्वका धार्मिक राजदूत भएको विचार व्यक्त गरे । रामकृष्ण मिसन नेपालका प्रमुख स्वामी एकार्थानन्दले ईश्वर प्राप्त गर्न जुनसुकै पन्थ वा धर्म अँगाले पनि त्यसमा इमान्दारी हुनुपर्नेमा जोड दिँदै धर्म वा पन्थबीच मतभेद हुँदैमा लडाइँ वा झगडा गर्न नहुने बताए ।

फ्रान्सेली लेखकले आफूले २५ वर्षदेखि नेपालका मुक्तिनाथ र भारतका वनारसलगायत स्थानका मन्दिर, तीर्थ आदि भ्रमण गरेको जनाउँदै धर्मले वास्तविक जीवन कसरी जिउने भन्ने शिक्षा दिने बताए । भाग्नले सबैलाई आह्वान गर्दै भने, “धर्म अँगालेपछि विश्वभरका लागि शान्ति र मेलमिलाप राजदूत बनौँ, सबैबीच एकता गर्ने भूमिका खेलौँ, वसुधैव कुटुम्बकम्को मान्यता अपनाऔँ, समाजसेवामा मन लगाऔँ ।”

निराला पब्लिकेशनका नेपाल प्रतिनिधि तथा साहित्यकार युयुत्सु आरडी शर्माले आठ धार्मिक व्यक्तित्वको वर्णन आठ कविता जस्तो रहेको जनाउँदै कृतिले दक्षिण एशियाको धार्मिक उग्रता र अहिंसाबीच धर्मनिरपेक्षताको नयाँ परिभाषाको खोजी गरेको र सबै धर्मबीच समन्वय ल्याउने नौलो प्रयास गरेको जानकारी दिए भने बुक सपकी सिर्जना भण्डारीले कृति नेपाल र नेपालीका लागि पनि उपयोगी भएको बताइन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : २१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र