धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक « Khabarhub

धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ ।

धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली इसाई धर्मावलम्बीले हिन्दूदर्शनमा आकर्षित भएर दुवै धर्म अँगाली धार्मिक समन्वय गरेको बारेको विस्तृत वर्णन छ ।

ती सन्तमहात्माले दुःख, शून्यता, मानवता, जीवनको अर्थ र आध्यात्मिकता सम्बन्धमा गरेको विकासबारे पनि कृतिमा वर्णन गरिएको छ । धर्मको उपयोग मानव उत्थानका लागि हुनुपर्छ भन्नेमा पुस्तकमा जोड दिइएको छ । निराला पब्लिकेशन नयाँ दिल्लीबाट प्रकाशित कृति ह्वाइट लोटस बुक सप कोपुण्डोल, ललितपुरले नेपालका लागि वितरण गर्ने जिम्मा लिएको छ ।

बुक सपद्वारा आज आयोजित कार्यक्रममा कृति विमोचन गर्दै नेपालका लागि फ्रान्सेली राजदूत गिले बौरबाओेले हिन्दू, इसाईलगायत सबै धर्मको लक्ष्य मोक्ष वा मुक्ति नै भएको जनाउँदै सन्त, महात्मा र स्वामीहरू विश्वका धार्मिक राजदूत भएको विचार व्यक्त गरे । रामकृष्ण मिसन नेपालका प्रमुख स्वामी एकार्थानन्दले ईश्वर प्राप्त गर्न जुनसुकै पन्थ वा धर्म अँगाले पनि त्यसमा इमान्दारी हुनुपर्नेमा जोड दिँदै धर्म वा पन्थबीच मतभेद हुँदैमा लडाइँ वा झगडा गर्न नहुने बताए ।

फ्रान्सेली लेखकले आफूले २५ वर्षदेखि नेपालका मुक्तिनाथ र भारतका वनारसलगायत स्थानका मन्दिर, तीर्थ आदि भ्रमण गरेको जनाउँदै धर्मले वास्तविक जीवन कसरी जिउने भन्ने शिक्षा दिने बताए । भाग्नले सबैलाई आह्वान गर्दै भने, “धर्म अँगालेपछि विश्वभरका लागि शान्ति र मेलमिलाप राजदूत बनौँ, सबैबीच एकता गर्ने भूमिका खेलौँ, वसुधैव कुटुम्बकम्को मान्यता अपनाऔँ, समाजसेवामा मन लगाऔँ ।”

निराला पब्लिकेशनका नेपाल प्रतिनिधि तथा साहित्यकार युयुत्सु आरडी शर्माले आठ धार्मिक व्यक्तित्वको वर्णन आठ कविता जस्तो रहेको जनाउँदै कृतिले दक्षिण एशियाको धार्मिक उग्रता र अहिंसाबीच धर्मनिरपेक्षताको नयाँ परिभाषाको खोजी गरेको र सबै धर्मबीच समन्वय ल्याउने नौलो प्रयास गरेको जानकारी दिए भने बुक सपकी सिर्जना भण्डारीले कृति नेपाल र नेपालीका लागि पनि उपयोगी भएको बताइन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : २१ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३