बुद्ध मण्डला प्रदेश सरकारको प्राथमिकतामा « Khabarhub

बुद्ध मण्डला प्रदेश सरकारको प्राथमिकतामा


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा निर्माण गर्न लागिएको धर्मकाया बुद्ध मण्डलालाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको सक्रियतामा पोखरा महानगरपालिका–११ मा १७८ रोपनीमा बुद्धमूर्तिसहितका संरचना निर्माण गर्न लागिएका छन् ।

विशाल बुद्धको मूर्तिसहित ठूलो सङ्ख्यामा साधकले एकसाथ ध्यान गर्ने मिल्ने ध्यानस्थलका रुपमा यसको विकास गर्न लागिएको छ । समितिका उपाध्यक्ष राजबहादुर गुरुङ बुद्ध मण्डला निर्माण गर्न देश विदेशमा रहेका विभिन्न व्यक्तिको दान तथा खरिदबाट आठ रोपनी जग्गा प्राप्त भएको बताउँछन् । अन्य जग्गा धारापानी सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो । 

सबै जग्गाको उपयोग हुने गरी ध्यानस्थल, स्तूपा, पुस्तकालय, पर्यटन केन्द्रलगायत संरचना निर्माण गरिने भएको छ । गुरुयोजना तथा विस्तृत आयोजना प्रतिवेदन बनाउने तयारी छ । मण्डला निर्माण कार्य प्रदेश सरकारको  प्राथमिकतामा रहेको प्रदेश कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा बताउँछन् ।

मण्डला स्थापनापछि उक्त क्षेत्रको पर्यटकीय र रोजगारीमा टेवा पुग्नेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा यसका लागि रु ७० लाख विनियोजन गरेको छ । ‘प्राविधिक समस्या समाधान गरी निर्माणको काम अघि बढाउनु पर्छ’, थापाले भने । स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा संरचना निर्माण गरिनेछ । ‘यो क्षेत्र पर्यटकीय गन्तव्य बन्छ’, समितिका कार्यवाहक अध्यक्ष भरतराज शाक्यले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनपछि पोखरालाई बुद्ध सर्किटसँग जोड्न तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको संयोजनमा बैठक बसी सुरुमा सिद्धार्थ यशोधराको मूर्तिसहितको उद्यान निर्माण गर्न समिति गठन गरिएको थियो । पहिला बुद्ध मण्डला निर्माण गर्ने योजना समितिको छ ।

मण्डला निर्माण गर्न सिङ्गापुरका नागरिक क्याथरिङ तानले डिजाइन गरिरहेको शाक्यले जानकारी दिए। पोखरा शहर, फेवाताल र हिमाल एकसाथ अवलोकन गर्न मिल्ने मण्डला निर्माण गर्न लागिएको छ । सराङकोट र विश्वशान्ति स्तूपमा पर्यटकीय चहलपहल बढेको छ । यहाँ २०२६ सालमा धरहरा निर्माण गरिएको छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृङ्खलाका साथै सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । उक्त क्षेत्रमा पोखराको चापापानीबाट सात किलोमिटर लामो सडक यात्रामार्फत पुग्न सकिन्छ । काहुँकोटमा बाइसे चौबिसे राज्यकालमा घले राजाको राज्य थियो । यहाँ देउराली मन्दिरसमेत छ ।  

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : ३७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन