फिल्मसँगै अभियान  « Khabarhub

फिल्मसँगै अभियान 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवल खड्काले देशको सीमा रक्षाको लागि आवाज उठाउन विभिन्न सरोकारवालाहरूसँग छलफल  सुरु  गरेको छन् । उनको प्रदर्शनको लागि तयार फिल्म ‘काँडेतार’ को विषयसँग जोडिएको देशको खुल्ला सीमा रक्षाको अभियानमा बहस सुरु गरेका छन्। फिल्मको माध्यमबाट नेपाल र भारतबीचको खुल्ला सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने प्रस्ताव उनले आयोजित छलफलमा गरेका छन्। 

काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विभिन्न विद्यार्थी संगठनका अध्यक्षसँग छलफल गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए ।

‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भनेका छन् । मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा पुगेको बताए । हलिउड र बलिउडले फिल्मको सांस्कृतिक पक्षलाई बुझे पनि नेपाली शासकले नबुझेको उनले आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष सुनिता बरालले फिल्मले प्रस्ताव गरेको काँडेतार अभियानमा संगठनको समर्थन हुने बताइन् । ‘सीमाको कारण जमिन गुमाउनेको आँसु मैले देखकी छु । म त्यो परिस्थितिको साक्षी हुँ ।’

सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले ‘काँडेतार अभियान दल विशेषको मुद्दा नभएर देशको मुद्दा रहेकोले सबै एक ठाउँ उभिनुपर्ने बताए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले राष्ट्रघाती दलाल चरित्रविरुद्ध युवा लड्नुपर्ने भन्दै काँडेतार अभियानमा संगठनको साथ हुने बताइन् ।’ राष्ट्रियताको मुद्दामा सबै एकजुट हुनुपर्नेमा कार्यक्रममा उपस्थित सबैको एक स्वर थियो ।

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले फिल्मले गरेको काँडेतार प्रस्ताव नागरिक सामु आएको र यसको निर्णय जनताले गर्ने बताए । राष्ट्रियताको प्रवर्धन गर्ने सवालमा नेपाली पत्रकारिताले सबैभन्दा बढी योगदान दिएको भन्दै पोखरेलले सामाजिक उत्तरदायित्वको सिद्धान्तप्रति आधारित रहेर फिल्म निर्माण हुनुपर्ने उनको तर्क थियो ।

लगातार राष्ट्रभक्ती बोल्ने फिल्म निर्माण गर्दै आएका खड्काले यो पटक देशको सीमा रक्षाको महत्वपूर्ण अभियान बोकेको फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा खड्का नै मुख्य अभिनयमा छन् भने उनको साथमा गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ लगायतको मुख्य भूमिका छ ।  सत्यकला राई कार्यकारी निर्माता रहेको यो फिल्मले प्रचारसँगसँगै देशको माटो रक्षा गर्न विभिन्न कार्यक्रमहरू गर्दै अघि बढ्ने खड्काले बताएका छन् । खड्काले ‘सिमानामा काँडेतार’ एक फिल्म मात्र नभएर एक अभियान र एक मिसनको रूपमा सबैले बुझ्न अपिल गरे ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : ४६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन