सुन्दरी गायिका मिलन (फोटो फिचर) « Khabarhub

सुन्दरी गायिका मिलन (फोटो फिचर)


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिलन नेवार सांगीतिक आकाशमा उदाएकी गायिका हुन्। आसामकी गायिकाले नेपाललाई आफ्नो कर्मभूमि बनाएकी छिन् । ६ सयभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी मिलन अहिले नेपालको हिट गायिकाको सुचीमा छिन् । नेपालीसँगै आसामी, हिन्दी र राजस्थानी भाषामा समेत गरी २ हजारभन्दा बढि गीत गाइसकेकी छिन् ।


यी गायिका नेपाली गीतमा आफ्नो वर्तमान मात्र होइन, भविष्य पनि देखिरहेकी छिन् । देश-विदेशका कयौं स्टेजमा गाइसकेकी मिलन नेपाली दर्शक-स्रोताकै चाहनाअनुरूप सांगीतिक यात्रा अगाडि बढाई रहेकी छिन्। पछिल्लो समय आफ्नो गीतको बन्ने भिडियोमा आफै समेत देखिने गरेकी मिलन कोरोना भाइरसको महामारी पश्चात विदेशमा हुने इभेन्टमा सहभागिता जनाइरहेकी छिन् । 

फिल्म नोटबुकको ‘गाला रातै’ र कालीको ‘बट स्लोली स्लोली’  गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् । भन्नेहरू भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।

२०७४ साल असोज २ गते । नेपाली सञ्चारमाध्यमहरूमा गायिका मिलन अमात्यको डिभोर्सको समाचार छ्यापछ्याप्ती भए । मिलन अमात्य र मेन्सन अमात्यले सोही दिन काठमाडौं जिल्ला अदालतमा पुगेर पारपाचुके गरेका थिए । सन् २०११ मा मागी विवाह गरेका उनीहरूले पारिवारिक खटपटका कारण डिभोर्स गरेको बताएका थिए । मिलनले मेन्सनलाई सांगीतिक करिअरमा सहयोग नगरेको र यसमा बाधा पुर्‍याउन खोजेको आरोप लगाउँदै डिभोर्स दिएकी थिइन् ।

मिलन आजभोली आफ्नो सांगीतिक जीवनमा खुशी छिन्। उनी गीतकै शिलशिलामा स्वदेश र विदेशका विभिन्न स्थानमा पुग्ने गर्छिन्  । यिनै मिलनको सुन्दरतालाई खबर हबले आफ्नो क्यामरामा कैद गरेको छ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : १५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा