बागमती प्रदेशमा ४३ प्रतिशत मात्र रोपाइँ | Khabarhub Khabarhub

बागमती प्रदेशमा ४३ प्रतिशत मात्र रोपाइँ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको  अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म अर्थात् बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ ।

प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ । रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मलको अभावले किसान समस्यामा परेका हुन्  ।

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र  सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ ।प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा  ७० प्रतिशत तथा  चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ ।

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ ।यस प्रदेशमा  खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन  अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ मा  पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६/७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन  तथा  २०७५/७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिक टन  धान उत्पादन भएको थियो ।    

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : १८ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक