मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्री खाणको चासो « Khabarhub

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्री खाणको चासो


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गरेका छन् ।

मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेम कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् । झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेका हुन् ।

बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जङ्गली जनावरले नागरिकलाई पटक/पटक आक्रमण गर्ने गरेका छन् । गत जेठमा बाघले पटक पटक आक्रमण गरेपछि मधुवन नगरपालिका–२ का स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए ।

उक्त घटनापछि मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटसहितको टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटी वन्यजन्तुको आक्रमण रोक्न जङ्गल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो । तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बास्तोलाले जानकारी दिए।

वन क्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाऊन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्याउन केन्द्रमा माग गरिएको पनि प्रजिअ बास्तोलाले बताए । गृहमन्त्री खाणले वन सचिव कँडेलसँग पनि जङ्गली जनावर बस्तीमा पस्न नदिन के के गर्न सकिन्छ भनेर छलफल गरेका थिए। गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो जिल्लाको घटनास्थितका बारेमा जानकारी लिएका थिए।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ३६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन