मेयर शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा « Khabarhub

मेयर शाहलाई असफल बनाउनु हुँदैन : कमल थापा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।

सोमबारदेखी जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन्। उनले मेयर शाहले पनि एक वर्ष भित्र फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउनु पर्नेमा जोड गरेका छन् ।

‘काठमाडौँका मेयर केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ। फोहोर मैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो। त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन्, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हर सम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४६ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले