९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ | Khabarhub Khabarhub

९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ ।

सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा  को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा ९० केजी परिणाममा गाँजा बरामद भएको हो। एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय लामालाई नियन्त्रणमा लिएको प्रहरीले छ उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ ।

एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिदैँछ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : २० बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते