महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली « Khabarhub

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।

महिला जागरण र महिला सशक्तीकरणलाई गलत रुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए ।

महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ४४ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ