राप्रपाद्वारा किसानका समस्या समाधानका लागि कृषिमन्त्रीलाई ज्ञापनपत्र  « Khabarhub

राप्रपाद्वारा किसानका समस्या समाधानका लागि कृषिमन्त्रीलाई ज्ञापनपत्र 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महँगी, भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले किसानको समस्या समाधानको पहल स्वरूपमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमअनुसार राप्रपाको किसान संगठनले मंगलबार  कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनका अध्यक्ष राममणि न्यौपानेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । केन्द्रमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहँदा देशभरका जिल्लाको कृषि ज्ञान केन्द्रमा जुलुस र  धर्ना कार्यक्रम भएको छ ।

गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे माग राखेको राप्रपाले आफ्ना माग पूरा गराउन १३–३१ असारसम्म पहिलो चरण र ११–३१ साउनसम्म दोस्रो चरणको आन्दोलन गरेको हो ।

दोस्रो चरणको आन्दोलन मंगलबार सकिँदै छ । तेस्रो चरणको आन्दोलनको मोडालिटीबारेमा चाँडै उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले टुंगो लगाउने सार्वजनिक गरिने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ