शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण  « Khabarhub

शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरेको छ ।  प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दीक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरूलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरू संजय महर्जन, दिवाकरलाल अमात्य, डा‌. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

निलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरूले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरूले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरानमा आई पर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै नै ठुलो योगदान पुग्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : १५ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२