माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश « Khabarhub

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।

युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट  समेत झन्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठुलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ०० बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र