खादा प्रयोगमा पूर्ण निषेध « Khabarhub

 खादा प्रयोगमा पूर्ण निषेध


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो । 

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी  धुर्वराज पौडेलले जानकारी दिए । खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उनले बताए ।

अब उप्रान्त कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उनले बताए । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ । 

त्यसैगरी सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उनले जानकारी दिए । 

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ०८ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ