‘प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ’ « Khabarhub

‘प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ’


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को टोल टोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको पूजा गर्ने दिन आउने दाबी गरे । 

प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि हुँदै आएको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले पुनको दाबी छ । प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उनले बताए ।

त्यसैगरी माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै आपत्ति जनाए ।  ‘मधेसी जनता, महिला जनजाति दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’ उनले भने 

पुनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेन्डाका कारण हाल संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएको भन्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने गरी बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : २९ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ