‘प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ’ « Khabarhub

‘प्रचण्डको टोल टोलमा सालिक बनाएर पूजा गर्ने दिन आउँछ’


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को टोल टोलमा सालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रूपमा प्रचण्डको पूजा गर्ने दिन आउने दाबी गरे । 

प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि हुँदै आएको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले पुनको दाबी छ । प्रथम राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफूहरू राष्ट्रपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको उनले बताए ।

त्यसैगरी माओवादी जनयुद्धका नाममा पद लिने तर माओवादीकै उछितो काढ्ने काम भइरहेको भन्दै आपत्ति जनाए ।  ‘मधेसी जनता, महिला जनजाति दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको हो’ उनले भने 

पुनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेन्डाका कारण हाल संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए ।

पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएको भन्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने गरी बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने