सांसद रोक्काको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो? « Khabarhub

सांसद रोक्काको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम के भयो?


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराए।

कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनको क्रममा छ। सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन। केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन्। धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन्।

त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : ३७ बजे

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि