नरपानीमा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि « Khabarhub

नरपानीमा घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको प्रमुख धार्मिक तथा मनोरमस्थल नरपानीमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ। यहाँको शीतल हावा र चिसो पानी र खुला मौसममा एकैपटक धेरै हिमाल देख्न पाइने मनमोहक दृश्य देख्न पाइने भएपछि गर्मीको मौसममा तराई र भारतबाट समेत गर्मी छल्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।

नरपानी क्षेत्र पछिल्लो समयमा प्रमुख वनभोजस्थलको रुपमा पनि विकसित हुँदै गएको छ । गर्मी समयमा यस क्षेत्रमा कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरूपमा हजारौँ मानिस आउने गरेको सन्धिखर्क–६ नरपानीका वडाध्यक्ष श्रीधर महत्राले बताए । 

तराई मधेस र गर्मी क्षेत्रबाट आउने पर्यटकले नरपानीमा आएर चिसो मौसममा पर्यटक निकै रमाउने गरेको उनी बताउँछन् । गत वर्षदेखि दैनिकरूपमा १०  देखि ५० समूह आउने गर्छन् । शनिबारको दिन यहाँ झण्डै २० देखि ६० समूहमा पर्यटक आउने गरेको अध्यक्ष महत्राले बताए ।

महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा रहेको नरपानी क्षेत्रमा प्रसिद्ध सुपा देउराली मन्दिरमा दर्शन गर्न र भाकल चढाउन आउनेको कारण पनि यहाँ आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ । मन्दिरमा धार्मिक विश्वासका साथ पाठापाठी चढाउने र देउरालीमा चढाएका पाठापाठी नरपानी क्षेत्रमा वनभोज मनाउने चलन रहेको छ । यहाँ चढाएको बलि घरमा लैजान नहुने विश्वासका कारण पनि वनभोज मनाउने चलन रहेको स्थानीय समाजसेवी यमकला थापाले बताएका छन् । 

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पदमा रहेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने धार्मिक विश्वास छ । 

यहाँ दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन तथा पूजाआजा गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिले जनाएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका-७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा संकलन भेटी स्थानीय विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाएको भेटीबाट सन्धिखर्क नगरपालिका-७ मा रहेको आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा छ जना र शीतगङ्गा नगरपालिका-२ को शान्ति आभारभूत विद्यालय सीतापुरमा चार शिक्षक राखिएको छ । शिक्षक राखेर पठनपाठनमा सजिलो भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज खनालले बताएका छन्। 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ०१ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर