लोसपा कार्यकारिणी समिति बैठक जारी « Khabarhub

लोसपा कार्यकारिणी समिति बैठक जारी


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो । 

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ । 

दलहरूले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

शनिबार (१ असोज) मध्यरातबाट मौजुदा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेकाले कार्यकालको विषयमा जारी बैठकले समीक्षा गर्नेछ । 

आगामी निर्वाचनको रणनीति तथा अन्य दलसँग गरिने सम्भावित तालमेल वा गठबन्धनका विषयमा पनि जारी बैठकमा छलफल हुन सक्नेछ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ०८ बजे

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि