ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु « Khabarhub

ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा स्वतन्त्रता दिवसका अवसरमा रमाइलो गर्ने क्रममा भएको भागदौडमा परी ९ जनाको मृत्यु भएको छ ।

स्वतन्त्रता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा भागदौडमा परी ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर भागदौड मच्चिएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनाङ्गमा घटना भएको स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् ।

रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ ।

ग्वाटेमालामा हरेक वर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यस मुलुकले स्पेनी साम्राज्यबाट सन् १८२१ सेप्टेम्बर १५ मा स्वतन्त्रताको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ३९ बजे

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि