भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु « Khabarhub

भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ ।

त्यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएअनुसार १ लाख २० हजार भन्दा मुद्दामाथि अनुसन्धान सुरु गरिएको छ ।

भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारवाही प्रक्रिया पनि अघि बढाएको बताइएको छ ।

भियतनामको समाचार समितिले भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको समाचारमा उल्लेख गरेको हो ।

सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारवाहीलाई अभियानका रुपमा अघि बढाएको छ । सोही बमोजिम सो निकायले आफ्नो काम सुरु गरेको र यसवर्षमात्र यी मुद्धाहरुमाथि अनुसन्धान र कारवाही थालिएको जनाइएको छ ।

भियतनाममा भ्रष्टाचारजन्य गतिविधि निकै बढेको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष भियतनाम सरकारले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।

यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारवाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५२ बजे

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’