सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत « Khabarhub

सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले बढेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा कल्याणकारी सेवा सुविधातर्फ कुल १५ अर्ब ४९ करोड खर्च भएको उनले बताए । त्यस्तै उनले सोही आर्थिक वर्षमा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १ हजार ६ सय ४५ विद्यार्थीहरूमध्ये सैनिकतर्फका २ सय १८ विद्यार्थी र गैह््र सैनिकतर्फका १५० विद्यार्थीहरूले ९ करोड ११ लाख ३९ हजार छात्रवृत्ति रकम प्रदान गरेको थापाले बताए । 

त्यस्तै पत्रकार सम्मेलनमा सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न विभिन्न कठिनाइ भएको जनाएको छ । आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले पोखरेलले जग्गा विवाद, अदालतमा विभिन्न मुद्दा परेका कारण समस्या भइरहेको बताए । उनले गत आर्थिक वर्षमा ८ अर्ब ४२ करोड बिनियोजन भएकोमा वार्षिक लक्ष्यको अनुपातमा करिब ९९ प्रतिशत काम भएको जानकारी दिए ।

त्यस्तै पत्रकार सम्मेलनमा सेनाका विभिन्न निर्देशनालयले गरेका कामका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ०३ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन