संसद्को कार्यकाल सन्तोषजनक हुन सकेन : माधव नेपाल | Khabarhub Khabarhub

संसद्को कार्यकाल सन्तोषजनक हुन सकेन : माधव नेपाल


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका हुन् ।

२०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाई छ । उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहङ्कारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद् भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाई छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानून निर्माण गर्ने कुरामा संसद्का पाँच वर्षे कार्यकाल सफल भएको बताए । उनले पक्ष विपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसद्ले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताए ।

त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले पनि संसद्का पाँच वर्षे कार्यकालमा महत्वपूर्ण निर्णय भएको र केही विवाद भएपनि संसद् सफल भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : १० बजे

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन