मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक « Khabarhub

मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुनपर्ने पर्यटक रोकिनुपरेको हो । 

टेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूका अनुसार दुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुपर्ने दुई सय ५६ पर्यटक यतै रोकिएको बताए । बुधबार रातिदेखि लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आआफ्नो गन्तव्यतर्फ लाग्नुनपर्ने पर्यटक ताक्ची र सिमकोटमा रोकिएका हुन् । 

तीमध्ये ताक्चीबाट हेलिकप्टरमा सिमकोट आउनुपर्ने एक सय १० पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुपर्ने ८२ पर्यटक रोकिएका छन् । सिमकोटबाट ताक्ची जाने ६४ पनि सिमकोटमै रोकिएका छन् । ताक्चीमा रहेकामध्ये शुक्रबार हेलिकप्टरले एउटा मात्र उडान भर्न सक्दा थप पाँच पर्यटक सिमकोट आइपुगेका छन् ।

सिमकोटबाट ताक्चीका लागि पर्यटक ल्याउन तीन हेलिकप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहे पनि लगातारको वर्षाका कारण उडान भर्न सकेका छैनन् । सिमकोटमा रहेका पर्यटक ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाज तयारी अवस्था रहे पनि उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । 

उडान नभएपछि पर्यटक दुवै स्थानमा रोकिएका हुन् । यसले थप आर्थिक व्ययभारसमेत थपिएको छ । पानी परिरहेका कारण ताक्चीबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक पनि प्रभावित भएका छन् । बादल लाग्ने र पानी परिरहेका बेला लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन । यस वर्ष सद्गुरु जग्गी बासुदेवसहित एक हजार एक सय ७५ पर्यटक मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिएका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह