अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्का स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दै « Khabarhub

अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्का स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्का प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दैछन् । शनिबार काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वर्णपदक विजेता तेक्वान्दो खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्का स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न लागेका हुन् । शनिबार बिहान काठमाडौँ क्षेत्र नं. २ ख अन्तर्गत थलीमा एक कार्यक्रम आयोजना गरि उम्मेद्वारी घोषणा गर्न लागेको खड्काले बताए ।

‘स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरिरहेको छु, उम्मेद्वारी घोषणाको सबै तयारी सकिएको छ’ उनले शुक्रबार बेलूकी स्वतन्त्र उम्मेद्वारीबारे भने, ‘शनिबार बिहान थलीमा कार्यक्रम गरेरै उम्मेद्वारी घोषणा गर्न लागेको हुँ ।’

काठमाडौँ क्षेत्र नं. २ (ख) मा खड्काको राम्रो प्रभाव छ । स्थानीयले रुचाएका खड्कालाई राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेद्वारी दिन हौस्याएका छन् ।

‘म लामो समयदेखि खेल क्षेत्रमा छु । खेलेरै देशको नाम विश्वभर चिनाइयो । देशका लागि पदक पनि जितेँ । अहिले रेफ्रीको काम पनि गर्छु’ उनले भने, ‘तर खेल क्षेत्रसँगै समाजसेवा गर्दै जाँदा अब राजनीतिक मैदानबाटै आफ्नो क्षेत्रको विकास गर्न सक्छु जस्तो लागेर स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको हुँ ।’

उनी भूकम्प, नाकाबन्दी, कोरोना महामारीको समयमा स्थानीयलाई आवश्यक राहत वितरण गरेर पनि चर्चामा आएका थिए । काठमाडौँ क्षेत्र नं. २ बाट सबैले उम्मेद्वारी दिन हौसला दिएपछि आफू राजनीतिक मैदानमा स्वतन्त्र उम्मेद्वार भएर उभिन लागेको उनको भनाई छ ।

आफूले उम्मेद्वारी घोषणा गर्दा सयौँ खेलाडी, रेफ्री, प्रशिक्षक, खेल क्षेत्रका सबै अगुवादेखि स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताले पनि साथ सहयोग गरिरहेको खड्काले बताए ।

‘अब अरुको भरोसामा छाड्ने होइन, सकेको आफैँले गर्नुपर्छ भनेर उम्मेद्वारी दिने निर्णय गरेको हुँ’ उनले भने, ‘स्थानीय सबैले चिनेको बुझेको भएर पनि होला, सबैको साथ सहयोग पाइरहेको छु । यसले मलाई स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न हौसला मिलेको छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ३७ बजे

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको