पुटिनलाई मोदीको सुझाव- ‘यो युद्ध गर्ने समय होइन’ « Khabarhub

पुटिनलाई मोदीको सुझाव- ‘यो युद्ध गर्ने समय होइन’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन् ।

नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

तर फेब्रुअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भने, ‘महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन ।’

तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन ।

उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उहाँले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए ।

उनीहरुबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकोे मोदीले बताए ।

युक्रेनमा रुसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ ।

‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ । यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,’ पुटिनले मोदीसँग भने ।

तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दाबी थियो ,

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ०८ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन